×

वीरगञ्ज, ३१ चैत्र । पर्सा प्रहरीले एकजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । चोरी गरेको मोटरसाइकल आफनै घरमा लुकाएर राखी राखेको अवस्थामा प्रहरीले चोरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा निवासी सन्तोष पटेल रहेका छन् । 

पटेलले चैत्र २९ गते आइतबार वीरगञ्जको पावर हाउस चोकस्थित सिद्धार्थ माध्यमिक विद्यालय अगाडी पार्किङ गरेर राखिएको ना.५२ प ८२१७ नम्बरको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा बस्ने मोम्ताज अन्सारी होन्डा साइन मोटरसाइकल चोरी गरेका थिए ।

उनले चोरी गरेको मोटरसाईल पिपरास्थीत आफ्नो घरमा लुकाएर राखिराखेको विशेष सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त टोलीले उनको घरमा छापामारी गरेर मोटरसाइकल बरामद गरेको थियो ।

प्रहरीले सोमबार साँझ ५ बजेको करिवमा उनको घरमा छापामारी गरेर मोटरसाइकल बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

छापामारी गर्ने क्रममा पटेलपनि घरबाटै पक्राउ परेका डिएसपी खनालले बताए ।

पक्राउ परेका पटेल विरुद्ध प्रहरीले चोरी सम्बन्धी कसूर मुद्दा दायर गरेर अनुसन्धान प्रकृया अगाडी बढीको छ । पर्सा प्रहरीले पछिल्लो केहि दिनदेखि मोटरसाइकल चोरलाई समात्ने अभियान चलाएको छ ।

Back to top