×

वीरगञ्ज, ३१ चैत्र । सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक कुमार साहलाई विदाई गरेको छ ।

सोमबार श्रीपुरस्थित केन्द्रको कार्यालयमा आयोजित विदाई कार्यर्कम प्रहरी निरीक्षक साहको विदाई गरिएको हो । 

गत वर्ष मंसिर २९ गते वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक साहको प्रहरी प्रधान कार्यालय काठमाडौँस्थित मानव बेचबिखन व्योरोमा सरुवा भएको छ ।

१६ महिनाको कार्यकालमा उपरीक्षक साहले जिल्लावासीको सेवामा निरन्तर इमान्दारिताका साथ् काम गरेको विदाई कार्यक्रममा बोल्दै वक्ताहरुले बताएका थिए । 

उनले कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा गरेको बताउँदै उनलाई आगामी दिनका लागि सबैले शुभकामना समेत दिएका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम कुमार सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युमन सेढाई, केन्द्रका सचिव दिलीप प्रधान, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, युवा नेता अख्लेश साहलगायत स्थानीय अगुवा, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

Back to top