×

वीरगञ्ज, ३१ चैत्र । प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पर्सामा बढ्दै गइरहेको कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यालाई ध्यानमा राख्दै सरोकारवाला निकायलाई आवश्यक कदम उठाउँन आग्रह गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् प्रदीप यादवले अघिल्लो वर्ष कोरोनाभाइरस महामारीको चपेटमा परेको पर्सा र विशेषगरी सदरमुकाम वीरगञ्जलाई सुरक्षित बनाउँन पाठ सिखेर अहिलेको अवस्थालाई मुल्यानङ्कन गर्दै सुरक्षित उपायहरु अवलम्बन गर्न सुझाव दिएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै सांसद् यादवले गत वर्ष वीरगञ्जमा कोरोनाको पहिलो लहर सुरु हुनुअघि जस्तै अवस्था अहिले सृजना भएपनि सरोकारवाला सबै निकाय अन्योजल अवस्थामा रहनु चिन्ताको विषय भएको बताएका छन् ।

उनले अहिलेको अवस्थालाई सही मुल्यानङ्कन गरेर सुरक्षित उपाय अवलम्बन गर्न नसकीए कोरोनाभाइरसले सबैलाई एकैसाथ डस्ने सक्ने बताउँदै अवस्था बिग्रिनु भन्दै पहिला पूर्व तयारीमा जुट्न सबैसँग अनुरोधसमेत गरेका छन् ।

विगत एक हफ्तादेखि वीरगञ्जमा बढ्दो सङ्क्रमण दर र युवाहरु बढी सङ्क्रमित भएको पुष्टि भइसकेकोको अवस्थामा सङ्क्रमणबाट जोगिन सरोकारवालाहरुले उठाउँनु पर्ने विभिन्न कदमपनि उनले सुझाएका छन् ।  

उनले कोरोनाभाइरसको प्रकोबबाट जोगिन तत्कालका लागि विद्यालय बन्द गरेर पुन: अनलाइन कक्षा सञ्चालनमा ल्याउने, सिमानाकाहरुमा थप कडाई गर्ने, सार्वजनिक स्थलमा भिडभाड हुननदिने, तरकारी बजार, बसपार्कलगायत जस्ता स्थलमा भिडभाड नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा गर्ने, विश्व स्वास्थ्य सङ्गठनले सुझाव अनुसारको मस्क प्रयोग, साबुनपानिले हात धुने, सेनीटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न लगाउँनेलगायत सुझाव स्थानीय प्रशासन र सरकारका निकायहरुलाई दिएका छन् । 

सांसद् यादवले आम जनतालाई पनि आफ्नो सुरक्षा आफै गर्दै कोरोनाभाइरसलाई गम्भीरता पूर्वक लिन आग्रह गरेका छन् ।

Back to top