×

वीरगञ्ज, ३१ चैत्र । वीरगञ्ज नर्सिङ क्याम्पसका २२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । 

शुक्रबार, आइतबार र सोमबार वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको कोरोना परिक्षणमा नर्सिङ क्याम्पसका २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित हुनेमा क्याम्पसमा अध्यनरत विद्यार्थीदेखि कर्मचारीसमेत रहेको स्रोतले जनाएको छ ।

शुक्रबार नारायणी अस्पतालमा ३४ जनाको परीक्षणमा १७ जना संक्रमितमध्ये २ जना नर्सिङ क्याम्पसका थिए । त्यस्तै आइतबार ६० जनाको परीक्षण गर्दा २८ जना संक्रमितमध्ये ५ जना नर्सिङ क्याम्पसका र सोमबार गरिएको ९५ जनाको पीसीआर परीक्षणमा ४० जना सङ्क्रमितमध्ये १३ जना क्याम्पसका रहेको स्रोतले बतायो । 

नसिंङ क्याम्पसको प्रमाणपत्र तह नर्सिङ दोश्रो बर्षमा अध्ययनरत विद्यार्थीहरु सबैभन्दा बढी सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमणको हटस्पट क्याम्पस बनेपछि विद्यार्थीहरुमा त्रास फैलिएको छ । 

क्याम्पस बन्द नगरिए कर्मचारी, शिक्षक शिक्षिका तथा छात्रावासमा बसेका सबैमा कोरोना सङ्क्रमण फैलिने त्रास रहेको छ । 

विद्यार्थीहरुले आर्थिक सहयोग माग गरेपनि क्याम्पस प्रमुख बाहिर रहेको भन्दै आर्थिक प्रमुखले सहयोग नगरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।  

Back to top