×

वीरगञ्ज, ३० चैत्र । पर्साको धोबनी गाउँपालिकामा आगलागी हुँदा दुई विगाहमा लगाइएको गहुँ जलेर नष्ट भएको छ । 

आइतबार दिउँसो साढे एक बजेको करिवमा धोबनी गाउँपालिका वडा नम्बर १ घोडदौर पिपराका स्थानीय मथुराप्रसाद पटेलको गहुँखेतमा आगलागी हुँदा दुई विगाहमा लगाइएको गहुँ पूर्ण रुपले जलेर नष्ट भएको हो । 

स्थानीय एक कृषकले आफ्नो खेतमा पराल जलाउँन लगाएको आगो अनियन्त्रित भएर फैलिँदा पटेलको खेतमा आगलागि भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिखम पुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङले जानकारी दिएका छन् । 

आगोलाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक तमाङले बताए । 

Back to top