×

वीरगञ्ज । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगर पालिका अन्तर्गत पोखरीया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि समाजिक विकास मन्त्रालय प्रदेश २ सरकार द्वारा भेन्टिलेटर मेसिन हस्तान्तरण , एम्बुलेन्स तथा शव बाहन खरिदको लागी ३१ लाख २५ हजार , डाक्टर, नर्स लगायत कोरोना लागेका बिरामीहरूको उपचार तथा बेवस्थापनको लागि ३७ लाखको साथै आवश्यक सामग्रीहरू पटक पटक पोखरिया नगर पालिका तथा अस्पताललाई उपलब्ध गराएको हामी सबैलाई अवगत नै छ ।


त्यस्तै प्रदेश २ सरकार द्वारा पोखरीया नगर पालिकालाई ४ करोड ४ लाख रकम औषधी उपकरण लगायत खरिदको लागि उपलब्ध गराए पनि हालसम्म औषधि तथा उपकरणहरू खरिद गरिएको छैन । प्रशुती सेवालाई बेवस्थित अप्रेशन गर्न डाक्टर हुदा हुदै पनि उपकरणको अभावमा निजि अस्पतालमा अप्रेशन गराउन रू.७०,०००/- हजार रकम तिर्न आम जनता बाध्य भएका छन। स्वास्थ्य बीमा गराए पनि औषधी उपचारबाट वञ्चित रहेका छन ।


यस नगर पालिका भित्र पांच कक्षा सम्म सञ्चालन भइरहेको स्कुलहरूमा दुई जना शिक्षक को भरमा स्कुल सञ्चालन भइरहँदा बिधार्थीहरूको जीवन संग खेलवाड भइरहेको छ । स्कुलको भौतिक निर्माण तथा बेवस्थापनमा नगर पालिका को ध्यान केन्द्रित न भइ आर्थिक चलखेलमा मात्र ध्यान भएको हाम्रो ठहर छ ।


त्यस्तै रोजगार को सवालमा पनि यस नगर पालिकामा भईरहेको नियुक्तिहरूमा पोखरिया नगर पालिका भित्रका युवाहरू योग्य र सक्षम हुदा हुदै पनि बाहिरकालाई नियुक्ति गर्नु आर्थिक चलखेल भएको जगजाहेर नै छ । गरिब बेरोजगारहरूको लागी आएको करोडौ रकम हिनामिना हुने या फ्रिज भएर जने गरेको छ ।

Back to top