×

तँनहु तल्लाघरे व्यास नगरपालिकामा नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बुलढी खोलाको धुम्सीचौर रोडमा निर्माण सम्मपन पुल उदघाट्न गर्न पुग्दा नगरमालिकाको निषेधाज्ञा भएको पनि सत्ताशिन नेकपाका केही थान साथीहरु अवरोध श्रृजना त्यसबाटको अनुरण स्थानीय प्रशासनले पनि गर्यौ कारण झडप हुन पुग्यो र नेपाली काँग्रेसको केही नेता धाईते र नेता रामचन्द्र पौडेल गिरफतार हुन् पुगे फलत देश भरीका काँग्रेसी कार्यकर्ताहरु लोकतन्त्र माथिको प्रहार भनेर चित्रण गरे । विवाद सामाधान पश्चात फेरी नेता रामचन्द्र पौडेल त्यो पुलको उदघाटन गर्न पुगे त्यस दिनको भाषणको दनकमा उनले भनेका शब्दहरु विभिन्न अनलाईन मेडिया र छापाहरुमा वर्तमानमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने खडक प्रसाद ओली व्यक्ति हत्यारा हुन । त्यसै दिन देखी केपी ओली साच्चिकै हत्यारा हुन त ? भन्ने प्रशनहरु मेरो मनको अन्तरङ्गमा तेज रफ्तारमा दौडिन थाल्यो र मैलै प्रमाणहरु जुटाउन थाले केही प्रमाणहरु भेटयो पनी ।

१. व्यक्ति हत्यारा ः


  नेपाली काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेको भनाई अनुसार हामी जस्तो लोकतन्त्र,समाजवाद र जनताको लागि जेलनेल र प्रहरीको लठी,निरकुंश राजतन्त्रको कठोर दण्डमा जेल बसेका होइन्न उनी व्यक्ति हत्या गरेर जेल परेका हुन नाम नै किटान गरी व्यक्ति हत्याको आरोपमा परेर केपी ओली १४ वर्ष जेल जिवन वितएका हुन जसलाई झापा विद्रोह भनेर चिनारी दिएको हो । प्रधानमन्त्री केपी ओली र हाम्रो बलिदानीलाई एकै तराजु तौलिनु हुदैन भनेर उनले सम्बोधन गरे । 


२. मधेश आन्दोलनमा मधेशीको हत्यारा ः–


       २०७२ को संविधान निर्माणका प्रक्रिया थाल्नी हुदाँ मधेशका असन्तुष्ट पक्षहरु आन्दोलनमा थिए र मधेशमा ठुलो आन्दोलन चलिरहेको थियो मधेशी जनताहरु नाका घेराउ गरी बसेका थिए तर जनतालाई सम्झाउनुको सटटा संविधानमा एक कमा पनि परिर्वत हुदैन भनेर अझ आन्दोलनकारीहरुलाई उग्र पार्ने काम गरे त्यती मात्र पुलिसको गोलीबाट कसैको टाउकोमा कसैको छातीमा पुलीस द्धारा हत्या भई रहदाँ ठठ्यलौ भाषा केपी ओलीको त्यो शब्द एक दुई आँप झदैमा केही फरक पदैन भन्दै गर्दा मधेश आन्दोलनको सहिदहरुको अपमान र त्यो हत्या गराउने केपी नै हुन भनी मधेश आन्दोलनका अगुवाहरु भन्ने गर्दछन् । साच्चिकै केपी ओली हत्यारा हुन त ?


३. प्रतिनिधि सभाको हत्यारा ः–


      जनताको मतबाट साचिएर बनेको प्रतिनिधि सभा जसले विभिन्न कानुनको निर्माण र देशलाई सहि दिशा दिन प्रयोग गरीन्छ त्यसलाई आफु अनुरुप प्रयोग निरन्तर प्रयोग गरे अन्तमा आफ्नो अभिष्ट पुरा हुने छाटकाट नदेखे पछि त्यसको हत्या गरे गरे केपी ओली त्यसकारण हत्यारा हुन ?


४. संविधानको हत्यारा ः– 


     नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानको सज्ञा दिने केपी ओली संविधानको धाराहरुको हत्या गरेर अहिले असंबैधानिक कदम चाले कारण देश भरी बहुदलीय प्रशिस्र्धामा विश्वास गर्ने दलहरु अन्दोलित छन् ।आफ्नो पार्टीगत स्वार्थ नमिल्दा घरायसी झगडाको घेराबन्दीमा परेर कयौ सहिदहरुको बलिदानबाट प्राप्त उपब्धीहरुको हत्या गरी अहिले फेरी जनतालाई रोडमा धक्लने काम केपी ओलीबाट भएको छ । संविधानलाई नमान्ने विधिको शासनलाई नमानी आफु अनुरुप संविधानलाई व्याख्या गरी देशलाई अन्धकारमा धक्लने हत्यारा संविधानको हत्यारा हुन केपी ओली ।


४. नेपालीको सपना,इच्छा र आकांक्षाको हत्यारा ः –


      शिक्षा,स्वास्थय,रोजगार र दुनियाँ संग प्रतिस्र्धा गरी अब हामी हरेक विकसित राष्ट्र सँग तुलना गरे हुन्छ भनेर  सपना देखाउने प्रधानमन्त्री केपी ओली मेरो सपना,इच्छा र आकांक्षाको हत्यारा हुन । उनको हरेका भाषणले मलाई आर्कशित गरेको थियो कारण मैले दिनहु अब रेल चढन पाउँछु , पानी जहाजमा अवलोकन भ्रमण गर्न पाउँछु सार्थै विदेशीहरु जस्तै मेरो घरमा पनि ग्यासको पाईप आउँछ र मैलै सजिलै खाना पकाउन सक्छु भनेर सपना देखाए आज त्यसको हत्या गरे त्यती माात्र होइन संबृधि पनि हामै पालामा भने अब युवा विदेशीनु पदैन देशमा नै रोजगारीको बाताबरण बनि सक्यौ कोइ कतै जानु पदैन भनेर उद्घोष गर्दे मेरो इच्छालाई विच मझदारमा ल्यार हत्या गर्ने केपी ओली साच्चिकै हत्यारा हुन ।


      हिजो सम्म एक राष्ट्र निर्माता, दुई तिहाई बहुमत प्राप्त र देशकै सबै भन्दा ठुलो राष्ट्रबादीको छवी निर्माण गर्न सकेको मेरो देशको प्रधानमन्त्री विगत आफ्नो राजनितिक यात्राको शुरुआत सगै हत्या आरोप खेप्दै आएको प्रमाणहरु देख्दा मेरो प्रश्न यती मात्र हो तपाई मेरो र म जस्तै युवाहरुको  हिजो सम्म मैले देखेको सपना,इच्छा आंकाक्षाको हत्या तिनैबाट हुनु आफ्ना हरेक भाषणमा देश र जनतालाई देखएका अग्रगमनको सपना,संबृधिको सपना अब देश विकसीत मुलुक हुने सपना,राजगारीको सपना,मेरी सबै सपनाका हत्यारा हुन कपी ओली तसर्थ हत्यारालाई सजाय आउने दिनमा आम नेपालीले दियोस् र यसको कानुनी उपचराको खोजीको खाचो पनि देखियामे ताकी आउने दिनहरुमा केपी आवरणमा अन्यले जनताका इच्छा,आकाक्षा र सपनाको हत्या नगरोस र गरे त्यसको के परिणाम हुने हो त्यो जनताले नै सवक दियोस्

राकेश यादव युवा वीरगन्जका

Back to top