×

वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ ले क्यापिटल मार्केट समितिको संयोजकमा वीरगन्जका युवा उधोगी नवनित अग्रवाललाई मनोनित गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ को आज बसेको कार्यसमितिको बैठकले नवनित अग्रवाललाई मनोनित गरेको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य समेत रहेका अग्रवाललाई चेम्बर अभियानमा लामो योगदान एवम् अनुभव प्रति उच्च कदर गर्दै क्यापिटल मार्केट समितिको संयोजकमा मनोनित गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश प्रसाद लाठद्वारा जारी विज्ञप्ति जनाईएको छ ।

प्रदेश महासंघको काम छिटो छरितो र सरल बनाउन तथा ब्यापारीहरुको हकहितका लागि सरोकारवालाहरू संग समन्वय गर्दै ब्यापार क्षेत्रको बिकास प्रवर्धनका साथै समस्या समाधानमा अग्रवालको महत्वपुर्ण योगदान पुग्ने कुरामा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।


 

Back to top