×

वीरगञ्ज, २३ चैत । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा कुष्ठरोग सम्बन्धी २ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

द लेप्रोसी मिसन नेपालको सहयोग र गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पत्त अभिमुखिकरणमा वडा नम्बर, २, ३ र ४ का २७ जना स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो । तालिममा लेप्रोसी मिसन नेपालका त्रिलोकीनाथ मण्डल र गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राजेशप्रसाद रौनिरायले प्रशिक्षण दिएका थिए ।

कुष्ठरोगको परिचय, लक्ष्ण, सुरक्षित रहने उपाय लगायतका बारेमा सहभागिहरुलाई सचेत गराइएको स्वास्थ्य शाखा संयोजक रौनियारले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया, स्वास्थ्य कार्यालय पर्साका बालकिशोर प्रसाद यादव लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top