×

वीरगञ्ज, २३ चैत ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा ७ जना कोरोना सक्रमित थपिएका छन् । 

पर्सा जिल्लाको विभिन्न स्थानबाट संकलित २८ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा बाराका १ र पर्साका ६ जनासहित ७ जनामा संक्रमण पुष्ठि भएको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का २९ र ३४ वर्षीय पुरुष र ७० वर्षीय बृद्धामा संक्रमण देखिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय पुरुष, वडा नम्बर ७ का १४ वर्षीय बालक र वडा नम्बर ३ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्ठि भएको हो । 

यस्तै बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्ठि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । 

डा. दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु १५ देखि ३२ सम्म रहेको छ । 
 

Back to top