×

वीरगञ्ज, २३ चैत ।   पर्सा र बाराका तीन व्यापारीक फर्ममाथि गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले मुद्धा दायर गरेको छ ।

राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेको भन्दै कार्यालयले तीन फर्ममाथि नापतौल कसुर सम्बन्धी मुद्धा दायर गरेको हो ।

राजस्व चुहावट गरेको आरोपमा पर्साको जगदम्बा डिस्टिब्युटर प्रा.लि., मात्रा भन्दा पनि कम तेल बिक्री गरेको भन्दै बाराको हरिओम आयल स्टोर र अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेको भनदै बाराकै हुलास स्टिल इन्डष्ट्रिजविरुद्ध हदैसम्मको कारवाहीको माग गर्दै पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले जानकारी दिए । 

यादवका अनुसार ती व्यापारीक फर्मलाई स्टेण्डर नापतौल ऐन–२०५५ को दफा ३० ९२० अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ । जसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवानागरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरिएको छ ।
 

Back to top