×

वीरगञ्ज, २३ चैत ।   वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट ९ सय एम्पुल लागुऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा डाईजेपाम, फेनारगन र नुर्फिन ३/३ सय एम्पुल गरी ९ सय एम्पुल फेला परेको प्रहरीले जनाएको छ । 

लागुऔषधसहित पक्राउ परेका भारतको बिहार जिल्ला मोतिारी छौडादानो थाना निवासी २८ वर्षीय अफरोज आलमलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक प्रह्लाद कार्कीले जानकारी दिए । 
 

Back to top