×

वीरगञ्ज, २३ चैत ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरबाट जिल्ला प्रहरी कार्यालय पर्साले १० केजी लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । 

शंका  लागि चेकजाँच गर्ने क्रममा मकवानपुरको राक्सिराङ् गाउँपालिका वडा नम्बर ७ खर्लिङ्ग निवासी ४३ वर्षीय जय बहादुर गोले, सोही ठाउँकी ३५ वर्षीय बिष्णुमाया तामाङ्, र मनहरी गाउँपालिका वडा नम्बर ८ मनहरी निवासी २८ वर्षीय मुईया परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

हातमा बोकेको २ वटा जेब्रा झोलाभित्र ५/५   केजीको दरले १० केजी लागुऔषध गाँजा फेला परेको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए । 

पक्राउ परेका तिनैजनाविरुद्ध लागुऔषध कसूर मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक समेत रहेका प्रहरी प्रवक्ता कार्कीले बताए । 
 

Back to top