×

वीरगञ्ज, २३ चैत । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित ४० फिटे सडक खण्डबाट पर्सा प्रहरीले अवैध रुपमा भित्रिएका भारतीय निजी सवारी साधनहरु नियन्त्रणमा लिएको छ । 

भारतीय नम्बरका ट्रक, स्कुटी, मोटरसाइकल तथा गाडीहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामिण क्षेत्रहरुमा चलाइरहेको सूचनाको आधारमा खटिएको पर्सा प्रहरीले ४१ लाख ६० हजार मूल्य बराबरका सवारी साधन नियन्त्रणमा लिएको हो । 

बिआर ०६ जिडी ४१५६ नम्बरको ट्रक, बिआर ०५ एच १५११ नम्बरका पल्सर मोटरसाइकल, बिआर ००३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल र नम्बर नभएको स्कुुटी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रहरी प्रवक्ता प्रह्लाग कार्कीले जानकारी दिए । 

नियन्त्रणमा लिइएका सवारी साधनमा कसैले हक दावी नगरेको हुँदा वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता कार्कीले बताए । 
 

Back to top