×

तस्विर सौजन्य ।

वीरगञ्ज, २१ चैत । बढ्दै गएको कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न बङ्लादेशले एक हफ्ताका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । 

बङ्लादेश सरकारले सोमबारदेखि एक साताका लागि लकडाउन गरेको सडक मन्त्री ओबैदुल क्वाडरले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बताएका छन् ।

क्वाडरले देशभरका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय र विद्यालय गरिने भएपनि उद्योग भने सञ्चालन गर्न अनुमति दिइएको बताए । 

उद्योग बन्द गरे कर्मचारी र कामदारहरु घर फिर्ता जानसक्ने र त्यसले कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा उद्योग बन्द नगरिएको उनको तर्क छ ।

पछिल्लो २४ घण्टामा बंगलादेशमा ६ हजार ८ सय ३० जना नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने ५० जनाभन्दा बढीले आफ्नो ज्यान गुमाएका छन् । 

हालसम्म बंगलादेशमा ६ लाख २४ हजार ५ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ९ हजार १ सय ५५ जनाले अहिलेसम्म आफ्नो ज्यान गुमाएका छन् ।

Back to top