×

वीरगञ्ज, २१ चैत । सांसद् प्रदीप यादवले खेलकुद प्रति युवाहरुको रुचि बढाउँन आवश्यक रहेको बताएका छन् । 

वीरगञ्जस्थित नारायणी रगंशालामा शनिबार (आज) देखि शुरु भएको वीरगञ्ज क्रिकेट लिग प्रतियोगिताको उद्घाटन गर्दै सांसद् यादवले पछिल्लो समय खेलकुद प्रति युवाहरुको आकर्षण घट्दै गएकोले विभिन्न प्रतियोगिता गरेर खेलकुद प्रति उनीहरुको रुची बढाउँन आवश्यक रहेको बताए । 

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् यादवले खेलकुद क्षेत्रलाई व्यवस्थीत गर्न सङ्घ संस्थाहरुको सक्रिय सहभागीता महत्वपूर्ण भएको बताउँदै विभिन्न प्रतियोगिता समय-समयमा आयोजना गर्न सुझाव दिए ।

स्वास्थ्यको दृष्टिकोणले पनि खेलकुदको फाईदाहरु रहेकोले स्वस्थ जीवनका लागि सबैले केहि समय खेलकुदलाई दिनुपर्ने बताए ।

उनले क्रिकेट खेलको विकास र प्रवर्द्धन सबैको साँझा दायित्व भएकोले रङ्गशालाको स्तरोन्नति र भौतिक विकासका लागि आफुले निरन्तर पहल गरिरहेको जानकारी गराएका बताए । आगामी दिनमा संसद्बाट पनि यसको लागि आवाज उठाउँने उनले प्रतिबद्धता व्यक्त गरे ।

वीरगञ्ज क्रिकेट क्लबको आयोजनामा आजदेखी शुरु भएको क्रिकेट प्रतियोगितामा प्रदेश २ का विभिन्न जिल्लाबाट आएका क्लबहरु बीच प्रतिस्पर्धा हुनेछ । 

आज हुने प्रथम खेलमा वीरगञ्ज क्रिकेट क्लब र सिबीटी कलैया विच प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् । 

क्लबका उपाध्यक्ष फारुख अन्सारीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, वडा नम्बर १३ का वडाअध्यक्ष तुफान फारुक अन्सारी, पर्सा क्रिकेट सङ्घका अध्यक्ष दाउद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

Back to top