×

वीरगञ्ज, २० चैत । शुक्रवार पनि स्थानीय बजारमा सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार (आज) सुनको भाउ प्रतितोला ९ सय रुपैयाले उकालो लागेको हो । 

बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार भने प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  

यता, चाँदीको भाउ पनि एकैपटक तोलामा ३० रुपैयाँले बृद्धि भएको छ । बिहिवार प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Back to top