×

काठमाण्डौ, २० चैत । ताइवानमा भएको रेल दुर्घटनामा ३६ जनाको ज्यान गएको छ भने ७२ जना घाइते भएका छन् । 

अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने छ । रेल एक सुरुंग मार्गमा दुर्घटनाग्रस्त भएकोले उद्धारमा कठिनाइ भएको उल्लेख गरिएको छ । 

ताइवानमा पछिल्लो ४० बर्षमा भएको अहिलेसम्मकै भयानक रेल दुर्घटनाको रुपमा यसलाई लिइएको छ । समाचार एजेन्सीहरुले रेलमा करिब ३५० जना स्वर रहेको उल्लेख गरेका छन् ।  

रेलमा यात्रा गरिरहेका सयजनालाई सकुशल उद्धार गरिएको छ भने अहिलेपनि उद्धार कार्य जारी रहेको बताइएको छ ।

रोकी राखेको ट्रक चिप्लेर रेलमार्गमा आएपछि रेल ट्रकसँग ठोकिदा दुर्घटना भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । 
 

Back to top