×

वीरगञ्ज, २० चैत । कोरोना संक्रमित भारतीय क्रिकेट टिमका पूर्वकप्तान सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । 

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४७ वर्षीय तेन्दुलकर शुक्रबार अस्पताल भर्ना भएका हुन् । ट्वीट गर्दै तेन्दुलकरले आफू अस्पताल भर्ना भएको र छिट्टै कोरोनामुक्त भएर फर्किने बताएका छन् । 

तेन्दुलकरलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । तेन्दुलकरलाई कोरोना पुष्टि भएपछि उनका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । 

Back to top