×

फाइल तस्विर ।

वीरगञ्ज, १८ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन् । नियमित कप्तान श्रेयस ऐर चोटका कारण आगामी आइपिएल गुमाउँदै छन् ।

अप्रिल ९ देखि सुरु हुने आइपिएलमा अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय ब्याट्सम्यान अजिक्या रहाने, शिखर धवन र रविचन्द्रन आश्विनको दाबेदारीलाई पछाडि पार्दै पन्तले कप्तानीको जिम्मेवारी पाएका हुन् । पन्त दिल्लीको १३ औं कप्तान हुने छन् ।

यसअघिका नियमित कप्तान गौतम गम्भीरले खराब प्रदर्शन गरेपछि ऐरले सन् २०१८ मा दिल्लीको कप्तानी समालेका थिए । उनको नेतृत्वमा दिल्लीले सन् २०२० मा पहिलो पटक आइपिएलको फाइनलमा स्थान बनाउन सफल भएको थियो । आउँदो सिजनको आइपिएलमा दिल्ली उपाधिको प्रमुख दाबेदार टोली मध्य एक टिम हो ।

नियमित गौतम ऐरको बायाँ हातको काँधमा चोट छ । गत मंगलबार इंल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा फिल्डिङको क्रममा उनी घाइते भएका हुन् । तीव्र गतिका बलर शार्दूल ठाकुरको आठौं ओभरको चौथो बलमा जोनी बेयरस्टोले प्रहार गरेको शट कभरमा रोक्ने क्रममा डाइभ मार्नेक्रममा ऐरको बायाँ काँधमा चोट लागेको थियो ।

Back to top