×

वीरगञ्ज, ११ चैत ।  सर्जक विजय चन्द (दर्पण) को शब्द सृजनामा सार्बजनिक भएको ‘चौका दाउ’ को चर्चा अहिले चौतर्फी चुलिएको छ । 

थुप्रै चर्चित गीतहरुमा स्वर भरेकी लोकप्रिय गायिका शान्तिश्री परियार र गायक बाबुकृष्ण परियारको सुरिलो स्वरमा सजिएको ‘चौका दाउ’ ले बजार तताएको छ । टिकटक, युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा पनि चौका दाउ कै  चर्चा सुन्न र हेर्न पाइन्छ । 

सर्जक दर्पणकै ‘विजय चन्द दर्पण’ नामक युट्युब च्यानलमार्फत सार्बजनिक गीतको भिडियोलाई हालसम्म ६० लाख पटकभन्दा धेरै हेरिएको छ । २ हप्ताको छोटो अवधिमै यति धेरै दर्शक श्रोताको माया पाउनु अकल्पनीय भएको सर्जक दर्पणले यात्राडेलीसँगको कुराकानीमा बताए । 

‘अहिले युट्युब, टिकटक, फेसबुक लगायतमा दर्शक तथा श्रोताहरुको सकरात्मक प्रतिक्रियाको ओइरो लागेको छ, दर्पणले भने । ‘सुतली’, ‘पलाश’, ‘बुकि’, ‘सुर्तै मायाको’, ‘कर्कलो’, ‘नक्कली साली’, माछी पानीमा लगायतका चर्चित गीतको सृजना गरेका दर्पणको ‘चौका दाउ’ पछिल्लो सृजना हो । 

सुनिल परियारले संगित संयोजन गरेको गीतलाई आशिष अविरलले मिक्सिंग गरेका छन् । राग स्टुडियोमा मनोज परियारले रेकर्ड गरेको गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुङ्गानाले अभिनय गरेका छन् ।

दिपक गिरीले छायांकन गरेको गीतको भिडियोलाई सुनिल क्षेत्रीले नै कोरियोग्राफ तथा निर्देशन गरेका छन् । 

 

 

 

Back to top