×

वीरगञ्ज, ७ चैत ।  रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसबिच फेलोसिप क्रिकेट म्याच प्रतियोगिता सम्पन्न भएको छ । 

वीरगञ्जस्थित ज्ञान्दा एकेडेमीको प्राङ्गनमा सम्पन्न प्रतियोगितामा रोटरी क्लब अफ वीरगञ्जलाई पराजित गर्दै रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस विजयी भएको छ । टस जितेर ब्याटिंग रोजेको वीरगञ्ज मेट्रोपोलिसले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै २ सय १८ रनको योगफल तयार पारेको थियो । 

जवाफमा २ सय १९ रनको लक्ष्य पछ्याएको रोटरी क्लब अफ वीरगञ्ज १४ ओभरमै सबै विकेट गुमाएर १ सय ६८ रनमै समेटिएको हो । प्रतियोगिताको म्यान अफ दी म्याच वीरगञ्ज मेटोपोलिसका रोटरीयन बिनित लोहिया घोषित भए । 

त्यस्तै बेस्ट ब्याटम्यान रोटरी क्लब अफ वीरगञ्जका रोट्र्याक्टर कन्हैया गुप्ता, बैस्ट फिल्डर रोटरी क्लब अफ वीरगञ्ज मेटोपोलिसका रोटररियन अनिल जैसवाल, बेस्ट बलर रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका रोटरयाक्टर प्रकाश कर्ण घोषित भए । 

रोट्र्याक्ट क्लब अफ वीरगञ्ज, रोटर्याक्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको समन्वयमा प्रतियोगिता सम्पन्न भएको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेटोपोलिसका सहसचिब दिपु वर्णवालले जानकारी दिए । 
 

Back to top