×

वीरगञ्ज, ७ चैत ।   पर्साको पटेर्वासुगौली गाउँपालिकामा बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

डिभिजन बन कार्यालय पर्साको आयोजनामा रंगपुर सव डिभिजन बन कर्यालयमा ‘रुख रोपौ, बन जोगाऔँ’ भन्ने मुल नाराका साथ अन्तरक्रिया समपन्न भएको हो । नेपालको परिवेशमा प्राकृतिक कारणबाट हुने बन डढेलोका घटना अत्यन्तै नगन्य मात्रामा देखिने कार्यक्रममा वक्ताहरुले बताएका थिए । 

अधिकांश बन डढेलो मानबिय कारणबाट हुने कार्यक्रमको निस्कर्ष थियो । फागुन देखी जेठ महिनाको अवधिमा हावाहुरी चल्ने र सुखा समय हुने भएकाले आगलगी हुने सम्भावना बढी हुने गरेको छ । आगोको एउटा सानो झिल्काले संसारलाइ समेत जलाएर खरानी बनाइदिने हुँदा बनमा सलाइ, लाइटर, चुरोटको ठुटा जथाभाभी नफाल्नुपर्नेमा र मानवीय लापरवाहीलाई कम गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

बन ऐन २०४९ अनुसार डढेलो लगाउने वा आगलगी हुने कार्य गर्नेलाइ बिगो असुल गरि ३० हजार रुपैयाँसम्म जरिवाना वा तीन बर्षसम्म कैद वा दुबै सजाय हुने सजाय बारे पनि कार्यक्रममा डिभिजन बन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाले प्रशिक्षण दिएका थिए । पटेर्वासुगौली गाउँपालिका  वडा नम्बर १ का  अध्यक्ष फरमान मिया अन्सारी, वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले बन डडेलो नियन्त्रण तथा यसले गर्ने क्षतिबारे प्रकाश पारेका थिए । 

स्थानिय बुद्धिजिवी महेन्द्र प्रसाद चौधरीको अध्य्क्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजिकरण सव डिभिजन बन कर्यालय रंगपुरका सहायक बन अधिकृत कपिलदेव यादवले गरेका थिए । 
 

Back to top