×

वीरगञ्ज । ओम श्री साई पोली क्लिनिक प्रालि एवम् गोल्डी मेडिकल हालले प्रत्येक महिनाको प्रथम शनिबार नि:शुल्क स्वास्थ्य चेकजाँचलाई यस महिनापनि निरन्तरता दिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ गीतामन्दिर रोडस्थित ओम श्री साई पोली क्लिनिक प्रालि एवम् गोल्डी मेडिकल हालमा आज सम्पन्न स्वास्थ्य चेकजाँचमा ३५ जनाभन्दा बढीको नि:शुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

पोली क्लिनिकका सञ्चालक डा. सागर सर्राफले पर्सा, बारालगायत भारतको विभिन्न स्थानबाट समेत आएका विभिन्न व्यक्तिहरुको नि:शुल्क मधुमेह परिक्षण, फेरिफेरल न्युरोपेथी जाँचलगायत परिक्षण गरिएको जानकारी दिए ।

डा. सर्राफले परिक्षण गराउँन आएका विरामीहरुलाई चेकजाँच पश्चात नि:शुल्क औषधि पनि वितरण गरिएको बताए ।

विगत ५ महिनादेखि प्रत्येक महिनाको प्रथम शनिबार पोली क्लिनिकले नि:शुल्क जाँचको आयोजना गर्दै आएको छ । 

समाज प्रतिको आफ्नो उत्तरदायित्वलाई बुझेर आफुहरुले अभियान सञ्चालन गरेको डा. सर्राफले बताए । उनले आगामी दिनमा ग्रामिण क्षेत्रमा स्वयम् पुगेर परिक्षण गर्ने आफुहरुको योजना रहेको जानकारी दिए ।

Back to top