×

वीरगञ्ज, ६ चैत ।   नेपाली सांगितीक जगतमा ‘तिमीलाई देख्दा मात्र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायिका मेलिना राई र चर्चित गायक कृष्ण काफ्लेको स्वरमा सजिएको गीत एरीना  इन्टरटेन्टमेन्ट नामक युट्युव च्यानलमार्फत बजारमा आएको हो ।

प्रदिप सुबेदीद्वारा सृजित शब्दलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् ।

अमृत सुनुवारले छायांकन तथा निर्देशन गरेको भिडियोमा नयन सिँह र निशा लामाले दमदार अभिनय गरेका छन् ।

भिडियोलाई शक्ति प्रज्वल घिमिरेले इडिटिंग गरेका छन् । 
 

Back to top