×

वीरगञ्ज, ६ चैत ।  चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–सिजन ३’ शुक्रवारबाट शुरु हुँदै छ । शुक्रवार (आज) बेलुकी ८ बजेदेखी हिमालय टेलिभिजनमा प्रसारण शुरु हुँदै छ ।

हरेक शुक्रवार र शनिवार प्रसारण हुने आजबाट शोमा आजबाट ब्लाइन्ड अडिसन शुरु हुने आयोजकले जनाएको छ । यसपटक भ्वाइसको टिमले कोच परिवर्तन गरेको छ । आस्था राउतको ठाँउमा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् ।

डिजिटल अडिसनमा सहभागी भएका करिव ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले शोको ‘ब्लाइन्ड अडिसन’मा कोचको सामना गर्नेछन् ।

हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।
 

Back to top