×

वीरगञ्ज । नेकपाका नेता श्यामकिसोर पटेल लगायतको टोलीले आज नेपाली कांग्रेस पार्टीमा फर्केका छन । 

श्याम किसोर पटेललाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती रमेश पाण्डेले टिका माला लगाई पार्टी प्रबेश गराएका हुन् । 

गत स्थानीय तहको निर्वाचनमा पटेल नेपाली कांग्रेसको टिकटबाट धोविनी गाउँपालिकाको उपाध्यक्षमा लडेका थिए । उनि पराजित भएपछि पार्टी भित्रको द्वन्दका कारण तत्कालिन माओवादी केन्द्र गएका थिए । त्यसपछि माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपामा रहेर काम गर्दै आएका थिए ।

आफू भट्केर अन्यत्र गएपनि फेरी घर फर्किंदा खुसि महसुस भएको पटेलले बताएका छन् । उनले पार्टीले दिने जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । 

क्षेत्रिय सभापती पाण्डेले उनलाई पार्टीमा स्वागत गर्दै कम्युनिस्टहरुको चर्तिकलाबाट आजित भएर पटेल नेपाली कांग्रेस फर्किनु भएको बताए । उनले पटेललाई पार्टीले मुल्यांकन गरेर जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य वशिष्ठ नारायण प्रसाद कुर्मी, बृस्पती कृष्ण श्रेष्ठ, बिधार्थी नेता श्रीकान्त यादव, नबिन सिंह, बलिस्टर अहमद, दिपेन्द्र सिंह, जोगेन्द्र साह कानुलगायतको सहभागिता रहेको थियो ।

Back to top