×

वीरगञ्ज, २२ फागुन ।   वीरगञ्जमा नाला सरसफाईका लागी डिस्क क्लीनियर नामको नयाँ मेशिन ल्याइएको छ । आफै फोहोर उठाएर ट्याक्टरमा राख्ने एक जना चालकको सहयोगमा मात्रै काम गर्न सकिने उक्त मेशिन अहिले ट्राइलको लागी ल्याइएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले बताए । 

वीरगञ्जलाई व्यवस्थित तथा सुरक्षित बनाउनका लागी अनलाइनमा अनुसन्धान गरेर उक्त मेशिन ल्याइएको र ट्राइल सफल भएपछि अरु पनि मेशिन ल्याएर सोही मेशिनबाटै नाला सफाई गरिने मेयर सरावगीको भनाई छ । हाललाई २ वटा मेशिन मात्रै ल्याइएको छ । 

डिस्क क्लीनीयर नामक मेशिनले नालाको सफाई गर्न सहज हुने महानगरपालिकाका मेकानिकल इन्जिनियर मनोज कर्णले बताए । उक्त मेशिनको प्रयोगबाट समयसँगै सम्पतीको पनि बचत हुने इन्जिनियर कर्णले बताए । 

शनिवारबाटै उक्त मेशिनको प्रयोगबाट नाला सफाई गर्ने कार्यको थालनी गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाई शाखा प्रमुख सर्फुदिन मियाले जानकारी दिए ।  
 

Back to top