×

वीरगञ्ज । द्वध नागरिकहरुमाथि कडा रुपमा उत्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले नेपाल र भारत दुवै देशको नागरिकता राखेको आधारमा प्रविण कुमार बङ्का, अजय अग्रवालका र राजिव कुमार अग्रवाल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

भारत विहारका विभिन्न स्थानका नागरिक भएका प्रविण बङ्का, अजय अग्रवाल र राजिव कुमार अग्रवालले नेपाली नागरिकतासमेत लिएको प्रमाण सहित परेको उजुरीको आधारमा यिनिहरुलाई जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको हो ।

प्राप्त समाचार अनुसार तत्कालिन वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगर निवासी मेरचन्द अग्रवालको जेठा छोरा अवय अग्रवाल र निजकी श्रीमती र छोरा समेतले नेपाल र भारत दुई देशको नागरिक भएको प्रमाण सहित परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको छ ।

नेपालका वंसज नागरिकसमेत रहेका अग्रवाल परिवार भारतमापनि नागरिकता लिएका सुविधा भोग गरिरहेको बुझिन आएको छ । 

त्यसैगरि भारत बिहार हशनपुर विघानसभा क्षेत्रका मतदाता रहेका राजिव कुमार अग्रवाल र दलसिनसराय उजियारपुरका प्रविण बङ्काले २०६३ सालमा खटेको नागरिकता टोलीवाट झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएको प्रमाण सहित जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको श्रोतले जनाएको छ ।

नेपाल भारत दुवै देशको नागरिकता धारिहरुको झुण्ड रहेको वीरगञ्ज द्वध नागरिकहरु उपर प्रशासन बल्ल कडाईका साथ् प्रस्तुत भएको छ ।

नेपाल र भारत दुवै देशको नागरिकता लिएको यी द्वध नागरिकहरुले वैधरअवैध कारोबारबाट नेपालमा आर्जन गरेको सम्पति भारतमा सिंचित गर्ने र भारतमा आर्जन गरेको सम्पति नेपालमा सिंचित गर्ने सुरक्षित र सहज ठानेका यस्ताहरु उपर देशभरत युवा समूह समेत खरो उत्रेका छन् ।

समाचार श्रोतका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ निवासी प्रदिप मित्तल, वडा नम्बर ६ निवासी विनोध चाचान र त्यसैगरि कपड उद्योगी सुशील मित्तल र निजका भाई पवन मित्तलसमेत भारतीय नागरिक भएको खुलेको छ ।

नेपालका वंसज नागरिक भएपनि भारतमा पनि नागरिकता लिएर जग्गा जमिनको कारोबारमा संलग्न भएको बुझिन आएको छ ।

श्रोत अनुसार जिल्ला प्रशासन कार्यालयले पटक(पटक द्वध नागरिकहरु विरुद्ध परेको उजुरीको आधारमा पक्राउ गर्न पत्रचार गरेपनि पर्सा प्रहरीले पक्राउ नगरी दिँदा अनुसन्धानमा समस्या उत्पन्न हुने गरेको बताइन्छ ।

Back to top