×

वीरगन्ज । काठमाडौंको कुलेश्वरबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं वडा नम्बर १४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका वडा नम्बर १० सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भई काठमाडौं वडा नम्बर १४ कुलेश्वर बस्ने सत्यनारायण प्रसाद रहेका छन् ।


कुलेश्वर फलफूल बजारमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले हुण्डीको कारोबार गरीरहेको अवस्थामा उनीहरुलाई १८ लाख ७८ हजार रुपैयाँसहित आइतबार नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखेर उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
 

Back to top