×

वीरगन्ज । पर्साको पोखरिया नगरपालिका वडा न. ७ का १ जनासहित ३ जनालाई उपहार परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको याङरिमा हिलसिटीबा पोखरिया नगरपालिका वडा न. ७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


विभिन्न मितिमा उपहार प¥यो भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।अन्य दुई जनाको भने पहिचान नखुलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

Back to top