×

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नाला तथा ढलान सडकको शिलान्यास गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा निर्माण भइरहेको नाला तथा ढलान सडकको एक कार्यक्रमका बिच सांसद यादवले शिलान्यास गरेका हुन् ।

संसदीय कोषको ५० लाख र जनश्रमदान १२ लाख गरि जम्मा ६२ लाख रुपैयाँको लागतमा निर्माण हुने ढलान सडक र नाला निर्माण योजनाको उनले शिलान्यास गरेका हुन् । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेका यादवले नाला निर्माणसँगै सडक निर्माण कार्यले गाउँको भौतिक स्वरुप नै परिवर्तन हुने हुँदा आफुले जनताको सेवासँगै विकास निर्माण कार्यलाई मुख्य प्रथामिकता दिएको बताए ।

आफ्नो संसदिय क्षेत्रमा रहेका गाउँटोलका नाला तथा सडक निर्माणहरुलाई विकास कार्यको प्राथमिकतामा राखेर अगाडि बढेको सांसद् यादवको भनाई छ । निर्वाचन क्षेत्रको हरेक कुना कुनामा सडक पुर्याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सडक निर्माण पश्चात अन्य कुराहरुको विकास स्वयम हुने भएकाले सडक तथा नालाको शिलान्यास गरिएको उनले बताए ।

फरक प्रसँगमा बोल्दै  नेता यादवले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वाेच्च अदालतले बदर गरेर जनताको पक्षमा ऐतिहासिक फैसला गरेको बताए ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जनत अन्सारी, जनता समाजवादी पार्टीका जिल्ल्ला सदस्य जितेन्द्र यादव, वडा इकाई अध्यक्ष शुलेमान अंसारी, नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको सांसद यादबका स्वकिय सचिब निखिल वर्णवालले जानकारी दिए ।

Back to top