×

वीरगञ्ज । मुल्य सूचि नराख्ने र बढी मुल्यमा सामान बेच्ने ३ पसलेलाई २ लाख ७० हजार रुपैया जरिवाना तिराइएको छ । बुधबार गरिएको बजार अनुगमनको क्रममा वीरगञ्जका ३ वटा पसलेलाई कारवाही स्वरुप जरिवाना तिराइएको हो ।

जिल्ला प्रसाशन कार्यलय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय, उपभोत्ता हित संरक्षण मंच, कन्जुमर आई नेपाल, उद्योग वाणिज्य संघको सँयुक्त टोलीले वीरगञ्ज महानगरपालिकाको बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा मुल्य सूचि नराख्ने वीरगञ्ज महानगरपालिका वडा न. १० मा रहेको आई नेट प्रालिलाई ५० हजार, खरिद बिल नदेखाउने आदित्य ईन्फोटेकलाई २० हजार र बढी मुल्यमा सामान बिक्री गर्ने वीरगञ्ज ९ मा रहेको गगन ट्रेडिङ्ग हाउसलाई २ लाख जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए ।

जरिवाना गरिएको रकम ७ दिनभित्र राष्ट्रिय बाणिज्य बैंकमा ७ दिनभित्र जम्मा गर्न पनि समबन्धित पसलेलाई निर्देशन दिइएको खत्वेले बताउनुभयो ।

Back to top