×

बिरगन्ज । बिरगन्ज महानगरपालिका वडा नम्बर ९ का वडा कार्यालयको सहजीकरणमा ३५ जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज समापन कार्यक्रममा प्रमाण पत्र साथै सिलाइ मेशिन पौदान सहित सम्पूर्ण सहभागीलाइ वितरण भएको छ ।


वाडका महिलाहरुलाइ रोजगार तथा आत्मनिर्भर बन्न यस कार्यक्रमबाट शतप्रतिशत उपलब्धि पाउने भएकोले यस्ता किसिमको कार्यक्रमलाइ निरन्तरता दिदै जाने वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो ।


आयोजक संस्था सरिता सिप कला केन्द्रका संयोजक सरिता गुप्ताले सिकेको सिप घर परिबार आफन्त तथा समाजका लागी उत्त सिपको उपयोग पछि मात्र रोजगार तर्फ अघि बढ्न सह्भागीहरुलाई आफ्नो अनुभव बताएका थिइन् ।


कार्यक्रममा ३५ जना महिला सहभागीहरुलाई सिलाइ मेशिन साथै प्रमाणपत्र बितरण भएको छ । कार्यक्रममा सहभागी सरिता गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी मनोज कुमार कलवार ,बिशिष्ट अतिथी जगदिप बिष्ट, अतिथी जनप्रतिनिधि सदस्य कौशलकिशोर बर्णबाल, दिबाकर सुबेदी, दिलमाया श्रेष्ठ, प्रशिक्षक रिंकु देवी रौनियार, संयोजक बंशीधर गुप्ता उद्घोषक आदिती चौरसियाको उपस्थिती रहेको थियो ।
 

Back to top