×

वीरगञ्ज । ठोरीमा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् ।

घाइते हुनेमा ६५ वर्षीय कुलबहादुर खत्री रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

राति करिब ८ः३० बजेको समयमा घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको प्रहरी चौकी सुवर्णपुरका असई इन्दिवर चौधरीले जानकारी दिए ।

घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको उनले बताए ।उनको मुख, हात र नाकमा २४ वटा टाँका लगाइएको छ ।

Back to top