×

न्युयोर्क । विद्युतीय कार कम्पनी टेस्लाका मुख्य कार्यकारी अधिकृत (सीईओ) एलन मस्क यो वर्षको जनवरीमा संसारको सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर एक महिनापछि नै उनको शीरबाट यो उपाधि खोसिएको छ ।

एक महिनाअघि टेस्लाको शेयरको मूल्यमा जबरजस्त उछाल आएका कारण मस्कको कूल सम्पत्ती १ खर्ब ८५ अर्ब डलर पार गरेको थियो । तर, एलन मस्क अहिले आफ्नो कम्पनीको शेयर मूल्यमा गिरावट आएका कारण दोस्रो धनी व्यक्तिको सूचीमा झरेका छन्।

यसका साथै अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस एकपटक पुनः संसारको सबैभन्दा धनी व्यक्ति बनेका छन् । जसलाई एलन मस्कले आफ्नो शेयर मूल्यको बलमा पछाडि पारेका थिए।

जानकारहरुका अनुसार हालैका दिनमा बिटक्वाइनमा आएको गिरावटले समीकरण परिवर्तन गरिदिएको बीबीसीले उल्लेख गरेको छ । यही गिरावटका कारण टेस्लाका लगानीकर्ताहरुले आफ्नो शेयर विक्री गर्नु परेको अनुमान गरिएको छ ।

Back to top