×

वीरगन्ज । प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको नेकपा पर्साले जनाएको छ ।

नेकपाका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, बाबुराम कैसिक र जिल्ला सचिव विजय महतोले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै सर्वाेच अदालतको निर्णयले संविधानको रक्षा र जनताको जित भएको वताएका छन् ।

जारी विज्ञप्तीमा संविधानका प्रावधानलाई मिचेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गरिएको छ । 

साथै विज्ञप्ती मार्फत सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, पत्रकारलाई हार्दिक धन्यवाद समेत व्यक्त गरिएको छ ।

त्यसैगरी, नेकपाका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले सर्वाेचच्च अदालतको संसद पुर्नस्थापनाको निर्णयले न्यायलय प्रति विश्वास बढेको वताएका छन् । उनले कालिका टाईम्ससंग कुरा गर्दै सर्वाेच्च न्यायसंवत निर्णयले संविधानको रक्षा र जनताको जित भएको प्रतिक्रिया दिए ।

Back to top