×

सप्तरी । प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित सप्तरीबाट दुईजना महिलालाई पक्राउ गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास पक्राउ परेकी हुन् ।

उनीहरुलाई बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित नियन्त्रणमा लिएको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनको भनाइ छ ।

Back to top