×

पतञ्जलीले निर्माण गरेको कोरोनाको औषधी ‘कोरोनिल’ लाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको दाबीबारे भारतीय मेडिकल एसाेसिएसन (आइएमए) ले आपत्ति जनाएको छ। आइएमएले यसबारे केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनसँग स्पष्टीकरण मागेको छ।

कोरोनिल सार्वजनिक समारोहमा मन्त्री हर्षवर्धन पनि उपस्थित थिए। योगगुरु रामदेवले कोरोनिललाई भारतको आयुष मन्त्रालयको प्रमाणपत्र दिएको दाबी गरेका थिए। उक्त प्रमाणपत्र विश्व स्वास्थ्य संगठनकै हिस्सा मानिन्छ। 

आइएमएले डब्लुएचओको प्रमाणपत्रको दाबी गलत भएको उल्लेख गर्दै यसबारे स्वास्थ्यमन्त्रीले स्पष्टीकरण दिनुपर्ने माग गरेको छ। डब्लुएचओले पनि आफूले कुनै पनि औषधीलाई स्वीकृति नदिएको जनाएको छ। यसपछि रामदेवको कोरोनिलका विषयमा विवाद भएको थियो। 

डब्लुएचओको धारणापछि पतञ्जलीका आचार्य बालकृष्णले स्पष्टीकरण दिँदै कोरोनिललाई भारत सरकारले प्रमाणपत्र दिएको बताएका थिए। 

Back to top