×

वीरगञ्ज । दुई दशकदेखि गुणस्तरीय शिक्षा दिएर वीरगञ्जमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल वीरगञ्जस्थित मास्कोट एकेडमी आफ्नो २० वार्षिकोत्सव मनाएको छ ।

स्कुलले स्थापनाको २० औं वर्ष पार गरेर २१ वर्षमा प्रवेश गरेको अवसर रक्तदान कार्यक्रम गरेर मनाएको हो ।

विद्यालयले आफ्नो प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा शिक्षक, अभिभावक र स्थानीय रहेका थिए ।

विद्यालयका निर्देशक छेदुप लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, नेपाल फोटो पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा र लक्ष्मी साहित्य समाजका अध्यक्ष महेश चन्द्र गौतमलगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक अञ्जली श्रेष्ठले दिएकी थिइन भने कार्यक्रम सञ्चालन रोशनी श्रेष्ठले गरेकी थिइन ।

Back to top