×

वीरगन्ज । पर्सा गढीनगरपालिका वडा नम्बर ५, ६ र ७ मा रहेको मुसहर, तात्वा, डोम, परिवारलाई गैर सरकारी संस्था असमान नेपाल स्ट्रीट चाइल्ड नेपाल र जावास सस्थाको सहयोग र पर्सा गढीनगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलमको सहकार्यमा खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

वडा अध्यक्ष आलमको सहकार्यमा मुसहर, तात्वा,डोम परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको छ । छाक टार्न समस्या देखापरे पछि असमान नेपाल ले ५२ परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ ।

वडा अध्यक्ष आलमको सहकार्यका कारण सो संस्थाले प्रति परिवार चामल २५ किलो, नुन ३ किलो, मास दाल ३ किलो, मसुरो दाल २ किलो, खाने तेल ३ किलो, चाना २ किलो गरी ५२ परिवार लाई खाद्यन्न सामाग्री सहयोग गरेको हो ।

सो खाद्यान्न सामाग्री वितरण कार्यक्रममा असमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसिया, जवासका शिवनाथ यादवको उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका का उपमेयर अर्चना चौधरीको विषेश उपस्थित रहेको थियो भने पर्सा गढीनगरपालिका वडा नं ५ का दलित महिला वडा सदस्य सतिया देवी, वडा सदस्य योगेन्द्र साह सैनुलाह मियाँ, लाल बाबु पण्डित, मात्रिक मंडल रमेश यादव लगायतका उपस्थिति रहेको थियो ।
 

Back to top