×

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले केन्द्रिय कमिटिको परिपत्रअनुसार आज पर्सा जिल्लाका १४ वटै स्थानीय तहमा पालिकास्तरिय विरोध गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको विरोधको कार्यक्रमअन्र्तगत आज वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, बहुदरामाई नगरपालिका, जिराभवानी, बिन्दवासिनी, सखुवाप्रसौनि, ठोरी, धोविनि, पकाहमैनपुर, कालिकामाई, छिपहरमाई, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

जसपा गाउँपालिका कमिटिको आयोजनामा विरोध प्रर्दशन गरिएको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिनुभयो । बिन्दवासिनि गाउँपालिकाको झौवागुठीमा विरोध प्रदर्शन गरिएको हो । जसपा गाउँपालिका कमिटिका अध्यक्ष रमेश साह तेलीको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

ठोरी गाउँपालिकामा पुर्णसिँह तामांगको अध्यक्षतामा, बहुदरामाई नगरपालिकामा सिँहासन साह कलवारको अध्यक्षतामा, पर्सागढीमा शेख खुर्सेदको अध्यक्षतामा, धोविनिमा दिनेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा, छिपहरमाईमा इजरासन साह कलवारको अध्यक्षतामा, कालिकामाईमा दिनेश साह कलवारको अध्यक्षतामा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा पार्टीका जिल्लास्तरीय नेता, प्रदेश सदस्य, लगायतको उपस्थिती रहेको थियो । त्यसैगरी जसपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष इश्वरचन्द्र यादबको अध्यक्षतामा विरोध प्रदर्शन भएको हो ।

प्रदर्शनमा जसपा युवा नेता ओमप्रकाश सरार्फ, लालदेव यादव, नगर उपाध्यक्ष शेख रुस्तम, जसपा युवाका केन्द्रिय सचिब सरोज यादव, युवा नेता तुफान अन्सारी आलम, मनमोहन पाण्डे, हरिन्दर साह लगायतको उपस्थिती रहेको थियो ।

Back to top