×

सांकेतिक तस्विर ।

वीरगन्ज । कलैया बिरगन्ज सडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट आईतबार एकपुरुषको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका ३ स्थित अस्थाई ट्राफिक प्रहरी कार्यालय अगाडी कलैयाबाट बिरगन्ज जाँदै गरेको ना १ ज ८८३९ नम्बरको म्याजिक  भ्यानले विपरित दिशाबाट आउँदै गरेको ना ४ प ५१२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि प्रसौनी गाँउपालिकाका ५ प्रस्टोका निवासी अन्दाजी ४० बर्षका दुर्योधन चौधरीको ज्यान गएको हो । विहान सवा ११ बजे भएको दुर्घटनाबाट गम्भीर घाईते चौधरीलाई कलैया अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ । मोटरसाईकलाई ठक्करदिने म्याजिक भ्यान र सोका चालक जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा भएको बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

Back to top