×

वीरगञ्ज । भोजपुरी भाषाको प्रवर्द्धन, संरक्षण, विकास, अध्ययन र प्रचारप्रसारका लागि गठित भोजपुरी प्रतिष्ठान वीरगञ्जको भवन शिलान्यास भएको छ । 

अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा आइतबार प्रतिष्ठानले वीरगञ्जमा आयोजना गरेको बहुभाषिक कवी सम्मेलन एवम् भवन शिलान्यास कार्यक्रममा भवनको शिलान्यास गरिएको हो  । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ को गहवामा रहेको जग्गामा निर्माण हुनलागेको प्रतिष्ठानको भवनको प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, सांसद् प्रदीप यादव, हरिनारायण रौनियार, लक्षुमणलाल कर्णले संयुक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले मातृभाषा बोल्दा आउँने आनन्द अन्य कुनैपनि भाषा बोल्दा नआउँने बताए । उनले भने, 'मातृभाषा शुद्ध गाईको दुध हो भने अन्य भाषा डेरीका दुध हुन् । आफ्नो भाषा बोल्नुको मज्जानै छुट्टै छ, अन्य भाषा बोल्दा त्यो मज्जा कहिलेपनि आउँदैन ।'

त्यसैगरी भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शाषकहरुले नेपाली भाषालाई लादेको कारण देशमा अन्य भाषाहरुको विकास हुननसकेको बताए । उनले देशमा बोलिने अन्य भाषाहरुलाई गौण गरेर नेपाललाई मात्रा प्रथामिकता दिँदा कयौँ भाषाहरु लोप हुने अवस्थामा पुगेको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा भोजपुरी, हिन्दी, मैथली, नेपाली र अन्य भाषाहरुमा कवीहरुले कविता वाचन गरेका थिए ।

Back to top