×

 
वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका वडा न. २ आस्वारीबाट सशस्त्र प्रहरीले अवैध कुखुरा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले शुक्रवार राती ३ वटा मोटरसाइकलमा लोड गरी अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो । सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ्गको नेतृत्वमा खटिएको टोलीले ४ लाख ७० हजार मूल्य बराबरको ३ सय ५० किलो कुखुरा बरामद गरेको हो । 

बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । 

भारतमा बर्ड फ्लुको संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको हुँदा अवैध रुपमा तस्करी भइरहेको छ । 
 

Back to top