×

वीरगन्ज । ७१ औं प्रजातन्त्र दिवस एवम् पुर्व वडा महारानी कोमल शाह सरकारको जन्मोत्सव आज एक कार्यक्रमका बीच मनाईएको छ । 


बीरगन्जको महावीरस्थान मन्दिर नजिक देशभक्त राजभक्त समुह र वीरगन्जको घण्टाघर चोकमा राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी नागरिक समाजका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको तस्बिरमा माल्यार्पण गर्दै वर्तमान परिस्थीमा राजावाहेक अन्य बिकल्प नरहेको बताउँनु भयो । 


वहाँले अब पनि देशका जनताहरु नचेतिएमा भोली आउने समयमा नेपालीका सतन्तीहरु बिदेशीका दास बन्ने ठोकुवा गर्नु भयो । 


देशभक्त राजभक्त समुहका दिपेन्द्र प्रसाद रौनियार, राजकिशोर चौवे, हिराबहादुर चन्द लगायतका सहभागिता रहेको थियो भने राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उषा शाह, जेष्ठ नागरिक संघ पर्साका अध्यक्ष पशुपति बिक्रम शाहले त्रिभुवन शाह र पुर्व वडा महारानी कोमल शाहको बारेमा चर्चा गर्नु भएको थियो ।
 

Back to top