×

वीरगन्ज । नेपाल भारत सहयोग मंचका केन्द्रीय अध्यक्ष अशोक बैदले बिहीवार भारतीय महानगर मूम्बईमा महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीसंग भेटघाट गरेका छन ।


भगत सिंह कोश्यारी भारतीय राजनीतिमा उत्तर भारतको एक परिचित नाम हो, उनी वर्तमानमा महाराष्ट्रका राज्यपाल हुन । उनी भारतीय जनता पार्टीसंग सम्बधित एक भारतीय राजनीतिज्ञ हुन । उनी उत्तराखण्ड राज्यको द्वितीय सफल मुख्यमन्त्री तथा उत्तराखण्ड विधानसभामा २००२ देखि २००७ सम्म  विपक्षका  शीर्ष नेता रहि सकेका छन ।


आफ्नो भेटघाटमा बैदले राज्यपाल समक्ष नेपाल भारत बीच जनस्तरमा प्रभावकारी र उन्नत सम्बन्ध विस्तारका लागि बहुआयामी विषयहरूमाथि चर्चा गरेका थिए । 


कुराकानीका क्रममा मूलतः जनसम्बन्धसंग गांसिएको कैयौ सवालहरू उठे ,जसमा मूख्यरूपले खुला सीमालाई कसरी वरदानका रूपमा परिणत गर्न सकिन्छ भन्ने नै थियो । आजको जमानामा जहां दुनिया सांघुरिदै गएको छ त्यस परिप्रेक्ष्यमा नेपाल भारत बीचको खुला सीमाको उपयोग गर्दै त्यसबाट समृद्धि आर्जन गर्न सकिन्छ । यसका लागि नागरिक संवादको आवश्यकता औल्याइयो ।

नेपाल भारत सम्बन्धमा दुवै मित्र राष्ट्रका सरकारहरूले सीमावर्ती क्षेत्रका बासिन्दाहरूको सपना र आकाक्षालाई प्राथमिकतामा  राखिनु पर्ने चर्चा गरियो ।


त्यसै गरि बोर्डरसंग जोडिएको भारतीय प्रदेशहरू संग अन्तर संवाद बढाईनु पर्ने र सीमावर्ती क्षेत्रमा कनेक्टिविटी विस्तारको आवश्यकता बोध गरियो  । उसो त  सीमा खुला भनिए पनि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले अनेकौ कठिनाई बेहोर्दै आएका छन, यसका लागि  सहज एवं सुविधा युक्त बनाईनु पर्ने, यसका विभिन्न क्रमबद्ध तरीका माथी विमर्श भएको बताईएको छ ।

भगत सिंह कोश्यारी नेपाललाई नजदिकबाट जान्ने तथा आत्मिय भाव राख्ने उच्च तहका एक  भारतीय  राजनीतिज्ञ हून ।


नेपालसंग उनको आत्मिय लगाव जगजाहिर छ । राज्यपाल श्री कोशीयारी भलै यतिखेर अलग भूमिकामा छन तरपनि नेपाल भारत सम्बन्धमा उनको  भूमिका प्रभावकारी रहेको मानिन्छ ।
महाराष्ट्रको निजी यात्रामा रहनु भएका अध्यक्ष अशोक बैदका साथ उनकी धर्मपत्नी प्रिति बैद पनि भेटघाटमा सहभागी थिइन ।


महाराष्ट्रको  विभिन्न ठांउमा  लाखों नेपाली नागरिक रोजिरोटीका लागि रहेका छन । बैदले राज्यपाल कोश्यारी समक्ष मायाको चिनो अर्पित गरेका थिए ।
 

Back to top