×

काठमाण्डौ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन बिहीबार हुँदैछ । अक्सनमा नेपालबाट एकमात्र खेलाडी छन् । नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनका लागि छानिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरेको थियो ।

तर भारतीय क्रिकेट बोर्डले बिहीबार सार्वजनिक गरेको अक्सनको सूचिमा सन्दीप मात्र परेका हुन् ।

क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो।

अक्सन चेन्नईमा हुनेछ ।

Back to top