×

काठमाडौं ।  बिहिबार सुनको मुल्य तोलामा ६०० रुपैंयाले ओरालो लागेको छ ।

बुधवार प्रतितोला ८९ हजार ८ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिवार तोलामा ६ सय रुपैंयाले घटेर प्रतितोला ८९ हजार २ सय रुपैंयामा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

बिहिबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैंयामा कारोबार हुनेछ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ । हिजो १३ सय ४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ ।

Back to top