×

वीरगन्ज । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा पर्सा शाखा उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । बुधबार काठमाण्डौमा सम्पन्न महाधिवेशनमा पर्साका पत्रकार सुरेश बिडारी कोरोना संक्रमण विरुद्ध विपद् पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

यसैबिच देशभैरिका उत्कृष्ट शाखाहरुलाई संघले सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ पर्साको तर्फबाट उत्कृष्ट शाखाको सम्मान अध्यक्ष श्याम बञ्जाराले ग्रहण गरेका थिए ।

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एवम् नेपाल पत्रकार महासंघसँगको सहकार्यमा पर्साका बिडारीसहित नेपालको विभिन्न स्थानमा रहेर काम गरिरहेका ३५ जना सञ्चारकर्मीलाई सम्मानित गरिएको हो । सम्मानित हुने सबैलाई नगद १० हजार र सम्मानपत्रसहित सम्मान गरिएको छ ।
 

Back to top